IME Life New

नेको इन्सुरेन्सले २५% हकप्रद शेयर ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्सुरेन्सले हकप्रद शेयर ल्याउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

नेको इन्सुरेन्सले गत चैत ६ गते निवेदन दिँदै धितोपत्र बोर्डसँग हकप्रद शेयर ल्याउन अनुमति मागेको हो। अहिले नेको इन्सुरेन्सको हकप्रद शेयर धितोपत्र बोर्डको पाइप लाइनमा रहेको छ।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा नेको इन्सुरेन्सले चुक्तापुँजीको १ः०.२५ अनुपातमा अर्थात २५ प्रतिशत हकप्रद शेयर ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री गर्नेछ।

हकप्रद शेयर बिक्रीबाट कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ पुँजी संकलन गर्नेछ। हाल कम्पनीको चुक्तापुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५१ करोड रुपैयाँ बढी हुनेछ।

हकप्रद बिक्रीसँग नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी नेको इन्स्योरेन्सको पुग्नेछ। प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने तोकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS