IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११% नगद लाभांश शेयरधनीको बैंक खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा गरिएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश चैत ७ गतेबाट नै शेयरधनीहरुको बैंक खातामा जम्मा गर्न थालिएको जानकारी गराएको हो।

गत फागुन ३० गते सम्पन्न कम्पनीको ३० औँ वार्षिक साधारणसभाले प्रस्तावित नगद लाभांश अनुमोदन गरेको थियो। त्यसपछि स्वीकृत लाभांश बुक क्लोज हुनुभन्दा अघिसम्म कायम शेयरधनीहरुको बैंक खातामा पठाइएको कम्पनीले जनाएको छ।

Esewa
Crest

हालसम्म शेयर डिम्याट नगराएका वा हितग्राही खाता खोलेर पनि कम्पनीको शेयर डिम्याट नगरेका शेयरधनीहरुले तत्काल पायक पर्ने निक्षेप सदस्यकोमा गई हितग्राही खोली शेयर डिम्याट गरी बैंक खाता अद्यावधिक गर्न पनि कम्पनीले आग्रह गरेको छ। त्यसपश्चात मात्रै त्यस्ता शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS