IME Life New

दुई निर्जीवन बीमा कम्पनीको ४.३६ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको ४ लाख ३६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सको कुल ४ लाख ३६ हजार ६१६ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा सिद्धार्थ प्रिमियरको २ लाख ८७ हजार ५०० कित्ता र युनाइटेड अजोडको १ लाख ४९ हजार ११६ कित्ता रहेको छ।

बिक्रीमा राखिएको सिद्धार्थ प्रिमियरको प्रतिकित्ता न्यूनतम मूल्य २१० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। यसमा लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि शेयर खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

Esewa
Crest

विद्यमान संस्थापक शेयरधनीका लागि इच्छुक जोकोही व्यक्ति तथा संस्थाले सिद्धार्थ प्रिमियरको शेयरमा खरिद आवेदन दिन सक्नेछन्। शेयर खरिद आवेदन चैत २० गतेसम्म काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।

यसैगरी युनाइटेड अजोडमा शेयरमा हाललाई विद्यमान संस्थापकले मात्रै खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा राखिएको न्यूनतम मूल्य प्रतिकित्ता २७० रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिनुपर्नेछ।

शेयर खरिद आवेदन दिन ३५ दिनको म्याद दिइएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले यो अवधिभित्र काठमाडौंको सुन्धारास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS