IME Life New

आठ महिनामा लघु जीवन बीमा कम्पनीको कुल बीमाशुल्क पौने ६ करोड माथि, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना फागुनसम्म लघु जीवन बीमकहरुले पौने ६ करोड रुपैयाँ माथिको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यो ८ महिनाको अवधिमा ३ वटा लघु जीवन बीमा कम्पनीहरुले ५ करोड ८९ लाख ८९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अवधिसम्म लघु जीवन बीमकहरुको कुल सक्रिय बीमालेख संख्या २७ हजार २४७ वटा रहेको छ।

Esewa
Crest

फागुनसम्म क्रेष्ट माइक्रो लाइफले सर्वाधिक व्यवसाय गर्न सफल भएको छ। यो कम्पनीले १६ हजार ४८ वटा बीमालेख जारी गरेर ३ करोड ६१ लाख ५२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो अवधिसम्म गार्डियन माइक्रो लाइफले ९ हजार ४१२ वटा बीमालेख जारी गरेर १ करोड ५९ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १ हजार ७८७ वटा बीमालेख जारी गरेर ६९ लाख ३७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

यसैगरी फागुन महिनामा मात्रै यी ३ वटा लघु जीवन बीमकले ६ हजार ४२९ वटा बीमालेख जारी गरी १ करोड ६७ लाख २४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जसमा क्रेष्ट माइक्रा लाइफले सर्वाधिक १ करोड २ लाख ८३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै फागुनमा गार्डियन माइक्रो लाइफले ४३ लाख ७७ हजार रुपैयाँ र लिबर्टी माइक्रो लाइफले २० लाख ६५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS