IME Life New

पर्वतारोहणमा जोखिम मोलेर बाटो बनाउनेहरुको बीमाका लागि रु १८ लाख सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमाल आरोहणको क्रममा पर्वतारोहीहरुका लागि सहजीकरण गरिदिने आइसफल डाक्टर(पथ सुधारक) हरुको लागि सेभेन समिट फाउण्डेशनले बीमाको व्यवस्था गरि दिएको छ। प्रत्येक वर्ष पर्वतारोहण शुरु हुनु अघि डोरी मिलाउने, भर्‍याङ राख्ने र स्थिर बनाउने कार्यको व्यवस्थापन गरिदिने जोखिमपूर्ण काममा संलग्न रहने आइसफल डाक्टरहरुको राहतका लागि फाउण्डेशनले बीमाको सुविधा गरिदिएको हो ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति(एसपीसीसी) र फाउण्डेशनबीच भएको सम्झौता अन्तर्गत हालै राष्ट्रिय सभा सदस्य सोनम ग्याल्जेन शेर्पा र फाउण्डेशनका सल्लाहकार श्याम तामाङको उपस्थितिमा फाउन्डेसनका अध्यक्ष एसी शेर्पाले एसपीसीसीका उपाध्यक्ष दावा ग्याल्जेन शेर्पालाई १८ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । फाउण्डेशनका महासचिव टुक्ति शेर्पाले आइसफल डाक्टरहरूको चार वर्षको बीमाशुल्कवापतको खर्च फाउण्डेशनले व्यहोर्ने सम्झौता अन्तर्गत बीमाशुल्क रकम हस्तान्तरण गरिएको हो ।

Esewa
Crest

फाउन्डेसनका अध्यक्ष एसी शेर्पाले आइसफल डाक्टरहरूको योगदानलाई मान्यता दिनुपर्नेमा जोड दिए। धेरै प्रसिद्ध आरोहीहरूले वार्षिक रूपमा सगरमाथा आरोहण गर्ने क्रममा, एसी शेर्पाले आरोहण गतिविधिहरूलाई सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले आइसफल डाक्टरहरूको भविष्यलाई विचार गर्नुपर्ने आवश्यकतामा जोड दिए। यसअघि फाउन्डेसनले १७ शेर्पा आरोहीका परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS