IME Life New

क्रेष्ट माइक्रो लाइफको साधारण सभा आज, आइपीओ निष्काशनको प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आज चैत ५ गते प्रथम वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा शुभ होटल चाइना पुल विरेन्द्रनगरमा विहान ११ बजे गर्ने भएको छ । कम्पनकिो फागुन ११ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभामा अध्यक्षको मन्तब्य तथा संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/०८० को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरिक्षकमा केएएस ओसोसिएटको नियुक्ती अनुमोदन गर्ने, आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्ध ४ संचालक समितिको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले स्वतन्त्र संचालकको नियुक्ती गर्ने, संचालक समितिका पदाधिकारीहरुको पारिश्रमिक, भत्ता तथा सुविधा निर्धारण गर्ने, सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभाले सर्वसाधारणलाई साधारण शेयर निष्काशनको क्रममा आवश्यक प्रक्रियागत कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने, सभाले पारित गरेका प्रस्तावको कारण प्रबन्धपत्र तथा नियमावलीमा संसोधन आवश्यक भएमा संसोधन गर्न तथा नियमनकारी निकायबाट कुनै थप संशोधन, फेरबदल गर्न वा थपघट गर्न निर्देशन प्राप्त भएमा सोही बमोमिज गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने, सर्वसाधारणको लागि साधारण शेयर निष्काशन पश्चात प्राप्त पूँजीको उपयोग गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS