IME Life New

राष्ट्रिय बीमा कम्पनीको कृषि पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले कृषि पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीको शाखा कार्यालय बिर्तामोडले यही फाल्गुन २९ देखि चैत्र १ गतेसम्म झापाको बिर्तामोड स्थित सेन्टर पोइन्ट होटलमा तिन दिने कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको हो ।

उक्त तालिम कनकाइ नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ । सो तालिम कार्यक्रम कम्पनीका बिभागीय प्रमुखहरु देवराज धिमिरे, निरञ्जन आचार्य तथा नायव ब्यवस्थापकहरु दिपकराज पाण्डे, गोमा अर्याल र बिर्तामोड शाखा प्रमुख खगेन्द्र तिम्सिनाको प्रशिक्षणमा सम्पन्न भएको हो ।

Esewa
Crest

बीमा प्राधिकरणबाट जारी कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ बमोजिम कम्पनीले तोकिएको पाठ्यक्रममा आधारित रहि बीमा अभिकर्ता तालिम तथा परिक्षा सम्पन्न गरेको हो। उक्त तालिमपश्चात परिक्षा दिइ २७ जना सहभागीहरु कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको इजाजत लिन योग्य भएका छन् ।

तालिममा झापा जिल्लाका कनकाइ नगरपालिका, भद्रपुर नगरपालिका, कमल गाँउपालिका का कृषि तथा पशु शाखामा कार्यरत प्राबिधिक कर्मचारीहरु लगायत इलाम, पाँचथर,सङ्खुवा सभाबाट पनि कृषि तथा पशु प्राबिधिकहरुको उत्सहाजनक सहभागिता रहेको थियो।

बीमा प्राधिकरणले निर्देश गरेबमोजिम कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा वृद्धि भई ग्राहकले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS