IME Life New

हकप्रद निष्काशनको प्रस्ताव सहित सानिमा जिआईसी इन्स्योरेन्सले डाक्यो चैत २९ गते साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले आफ्नो छैठौं वार्षिक साधारण सभा चैत २९ गते गर्ने भएको छ । उक्त सभा विहान ११ बजे अमृतभोग कालिकास्थान काठमाडौंमा गर्ने भएको हो । कम्पनीको चैत १ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । यस वर्ष कम्पनीले लाभांश नदिने भएको छ ।

कम्पनीको छैठौ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, सानिमा जिआईसी इन्स्योरेन्स लि। को लेखा परीक्षण प्रतिवेदन सहित आ।व। २०७९ / ०८० आषाढ मसान्तको वासलात, मिति २०७९/०४/१ गते देखि २०८०/०३/३१ गते सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने जनाएको छ ।

Esewa
Crest

सभाले साविक जनरल इन्स्योरेन्स कम्पनी नेपालको लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/ ०८० को वासलात, मिति २०७९/०४./०१ गते देखि २०७९ र ०७/०६ गते सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लागि वाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने ९वर्तमान लेखापरीक्षक कानूनत पुनः नियुक्त हुन योग्य रहेको प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समितिबाट मनोनित स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको जारी पूँजी तथा चूक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, कम्पनीको चुक्ता पूँजी रु। २ अर्बको २५ प्रतिशत बराबर रु ५० करोडको हकप्रद शेयर जारी गर्ने, कम्पनी ऐनको दफा १०५ को उपदफा १ (ग) बमोजिम आर्थिक वर्ष २०७९ /०८० मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समिति तथा उपसमितिको बैठक भत्ता तथा अन्य भत्ताको अनुमोदन गर्ने, उपरोक्त बमोजिम पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतीको लागी पेश हुँदा नियमनकारी निकाय वा सम्बन्धित कार्यालयबाट कुनै विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन प्राप्त भएमा सो बमोजिम संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरु समेत गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव सभाले पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS