IME Life New

बाँकी अनुदान रकम नपाएसम्म कृषि बीमालेख जारी नगर्ने बीमक संघको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमक संघले सरकारबाट बाँकी अनुदान रकम प्राप्त नभएसम्म कृषिसम्बन्धी बीमा लेख जारी नगर्ने निर्णय गरेको छ। संघले आज एक विज्ञप्ति जारी आउँदो चैत १ गतेदेखि कृषिसँग सम्बन्धित बीमालेखको बीमाशुल्क पूरा भुक्तानी नभएसम्म बीमालेख जारी नहुने जानकारी गराएको हो। यसबाट कृषि बीमा गर्ने बीमितमा पर्न जाने असरप्रति संघले क्षमायाचना गरेको छ।

नेपाल सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा क्रमशः अनुदान दिँदै आएको विज्ञप्तिमा अवगत गराइएको छ। ‘विगत १० वर्षदेखि बीमा कम्पनीहरुले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशिकाबमोजिम कृषि बीमालेख जारी गर्ने, क्षति हुँदा क्षतिको दाबी भुक्तानी गर्ने तर सरकारले तोकेको अनुदान सामान्यतया १ वर्षपश्चात मात्र प्राप्त हुने गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीहरुलाई दिन हालसम्म करिब रु. २ अर्ब बाँकी रहेको छ।’

Esewa
Crest

बक्यौता अनुदान रकम उपलब्ध गराउन कृषि तथा पशुन्छी मन्त्रालय, कृषि विभाग र नेपाल बीमा प्राधिकरणलाई पटक–पटक मौखिक तथा लिखित अनुरोध गर्दासमेत हालसम्म प्राप्त नभएको संघले स्पष्ट पारेको छ। ‘यही कारणले बीमा कम्पनीहरु अत्याधिक जोखिममा छन्’, संघले भनेको छ।

बीमा ऐन, २०७९ अनुसार बीमालेखहरु उधारोमा जारी गर्न नपाइने व्यवस्था छ। यो व्यवस्थाबारे सरकार, कृषि मन्त्रालय तथा विभागहरुलाई पटक–पटक जानकारी गराइँदा पनि सुनुवाइ नभएको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS