IME Life New

बैंकहरुको एफडीमा लघु बीमकको २.९१ अर्ब लगानी, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु बीमकहरुले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा २ अर्ब ९१ करोड रुपैयाँ बढी लगानी गरेको देखिएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार लघु जीवन र निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थि वर्षको दोस्रो त्रैमाससम्म विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रुपमा २ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ लगानी गरेका हुन्। जसमा लघु जीवन बीमकहरुले १ अर्ब ४९ करोड ७२ लाख रुपैयाँ र लघु निर्जीवन बीमकले १ अर्ब ४१ करोड ७० लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

लघु जीवन बीमकहरुले वाणिज्य बैंकहरुमात्र मात्रै मुद्दति निक्षेपका रुपमा लगानी गरेका छन्। प्राधिकरणले वाणिज्य बैंक र पूर्वाधार बैंकमा गरी एक लघुबीमकले कुल लगानीको ३० प्रतिशतसम्म मुद्दति निक्षेपमा राख्न पाउने व्यवस्था गरेको छ।

दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा गार्डियन माइक्रो लाइफले ५० करोड १० लाख रुपैयाँ, क्रेष्ट माइक्रो लाइफले ५० करोड ६२ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ४९ करोड रुपैयाँ लगानी गरेका छन्।

यसैगरी वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा नेपाल माइक्रो इन्स्योरेन्सले ४६ करोड ७५ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ४७ करोड २५ लाख रुपैयाँ र स्टार मइक्रो इन्स्योरेन्सले ४६ करोड ७५ लाख रुपैयाँ लगानी गरेका छन्।

प्राधिकरणले ख वर्गका विकास बैंकमा एउटा बीमकले कुल लगानीको बढीमा १० प्रतिशत र ग वर्गका वित्त कम्पनीमा बढीमा ५ प्रतिशत मुद्दति निक्षेपका रुपमा लगानी पाउने व्यवस्था गरेको छ। जसअनुसार विकास बैंकहरुमा नेपाल माइक्रोले ४५ लाख रुपैयाँ र वित्तमा २५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेको छ।

यसैगरी विकास बैंकहरुको मुद्दति निक्षेपमा प्राटेक्टिभ माइक्रोले १० लाख रुपैयाँ र स्टार माइक्राले १५ लाख रुपैयाँ लगानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS