IME Life New

शिखर इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले १९ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बुधबार (फागुन १६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको थापथलीस्थि कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ। उक्त आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणहरु पनि सभाले अनुमोदन गर्नेछ।

Esewa
Crest

सभाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्नेछ। कम्पनीको स्वतन्त्र सञ्चालकको नियुक्तिबारेमा बीमा ऐन २०७९ बमोजिम साधारणसभामा जानकारी गरिनेछ।

कम्पनीको मिति २०७६ साउन २८ गते सम्पन्न वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालकहरुको पदावधि समाप्त भएपश्चात आगामी वार्षिक साधारणसभासम्मका लागि पदावधि थप गर्ने तथा गौरव अग्रवाललाई सञ्चालक नियुक्त गर्नेबारे सञ्चालक समितिको निर्णयलाई सभाले अनुमोदन गर्नेछ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीबमोजिम संस्थापक समूह ‘क’का शेयरधनीबाट निर्वाचित हुने ३ सञ्चालक तथा सर्वसाधारण समूह ‘ख’का शेयरधनीवाट निर्वाचित हुने थप १ सञ्चालकका लागि प्रचलित कानुनी व्यवस्थाको अधीनमा रही शिखर इन्स्योरेन्स कम्पनीको सञ्चालक निर्वाचनसम्बन्धी निर्देशिका, २०६३ बमोजिम सभाले निर्वाचन गर्नेछ।

सभाले विशेष प्रस्तावका रुपमा राखिने कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्वअन्तर्गतका खर्चहरु अनुमोदन गर्नेछ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन २७ गतेदेखि वार्षिक साधारणसभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब फागुन २७ गतेअघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS