IME Life New

निर्जीवन बीमकले लघु बीमालेख बिक्रीबाट संकलन गरे करिब सवा ८ करोड प्रिमियम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिना माघसम्म लघु बीमालेख बिक्री गरेर करिब सवा ८ करोड रुपैयाँबराबरको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांकअनुसार ११ वटा निर्जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन लघु बीमा कम्पनीले यो साता महिनाको अवधिमा लघु बीमालेख बिक्रीबाट ८ करोड २३ लाख ९५ हजार रुपैयाँ कुल बीमाशुल्क (प्रिमियम) आर्जन गरेका हुन्। यो अवधिमा कम्पनीहरुले ४३ हजार ८७३ वटा लघु बीमालेख जारी गरेका छन्।

Esewa
Crest

सात महिनामा लघु बीमालेख बिक्री गरेर सबैभन्दा बढी नेपाल माइक्रा इन्स्योरेन्सले प्रिमियम संकलन गरेको छ। यो कम्पनीले ३ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी माघसम्म प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २ करोड ३२ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्स १ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

निर्जीवन बीमकमध्ये नेको इन्स्योरेन्स लघु बीमालेख बिक्रीबाट ७८ लाख ३१ हजार रुपैयाँ, शिखर इन्स्योरेन्सले १२ लाख ५८ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सले ११ लाख ९१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

यसैगरी लघु बीमालेख बिक्रीबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५ लाख ३ हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ लाख ६२ हजार रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ३ लाख ३८ हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १ लाख ४२ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ६७ हजार रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले ५८ हजार रुपैयाँ तथा नेसनल इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले १/१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS