काठमाडौं । निर्जीवन लघु बीमकले चालु आर्थिक वर्षको ७ महिना माघसम्ममा ७ करोड रुपैयाँ माथिको व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीवन लघु बीमकले यो साता महिना ७ करोड ५ लाख ६३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।
माघससम्म सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्सले व्यापार गरेको छ। यो कम्पनीले मात्रै ३ करोड ६५ लाख १८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स २ करोड ३२ लाख ९२ हजार रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले १ करोड ७ लाख ५२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।