IME Life New

शिखर इन्स्योरेन्सको कुश्मा शाखाद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कुश्मा शाखाले एकदिने बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मोदिखोला बहुउद्देश्यीय सहकारी संस्थासँगको सहकार्यमा पर्वतको मोदि गाउँपालिकामा शनिबार उक्त कार्यक्रम संचालन गरेको हो ।

तालिममा कम्पनीको गण्डकी प्रदेश प्रमुख बुद्धि प्रसाद तिवारीले किसानहरुका जिज्ञासाहरुको उत्तर दिँदै ढुक्क भएर शिखर इन्स्योरेन्समा बीमा गर्न किसानहरुलाई आग्रह गरे ।

Esewa
Crest

कम्पनीका कुश्मा शाखा प्रमुख प्रकाश पोडेलले बाली तथा पशुपन्छी बीमाको महत्व, बीमा गर्ने प्रक्रिया, बीमालेखले रक्षावरण गर्ने जोखिमहरु, दाबी सम्बन्धी प्रक्रिया लगायतका बिषयबस्तुमा आधारित भएर किसानहरुलाई प्रशिक्षण गरिएको जानकारी दिए ।

मोदिखोला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बेद प्रसाद तिमिल्सिनाले क्षति पश्चात हुने दाबी सम्बन्धी प्रक्रिया सहज र विश्वसनीय रहेको तथा समयमै दाबी भुक्तानीको सुविधाको कारण शिखर इन्स्योरेन्स नै रोजेको बताए ।

एक सय जना भन्दा बढी किसानहरुको सहभागीता रहको तालिममा शिखर इन्स्योरेन्स कुस्मा शाखाका कर्मचारीहरु तारा कुमारी शर्मा र भेटेरिनरी प्राविधिक गोबिन्द पौडेलले सहजिकरण गरेका थिए ।

नेपालमा कृषि बीमाको सुरुवात २०६९ सालबाट भएको हो । हाल कृषि बीमालाई प्रभावकारी गराउनका लागी नेपाल बीमा प्राधिकरणले “कृषि पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका २०७९” कार्यान्वयनमा ल्याएको छ । साथै नेपाल सरकारले बाली तथा पशुहरुको बीमा गराउँदा लाग्ने बीमा शुल्कमा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS