IME Life New

आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित प्रोक्टिभ माइक्रोले बोलायो साधारण सभा, यस्ता छन् ९ एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोेक्टिभ माइक्रो इन्स्योरेन्सले फागुन २७ गते प्रथम वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय धनगढीमा दिउँसो १ बजे गर्ने भएको हो । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले उक्त मिति तय गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/ ८० को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूची लगायत सोहि अवधिका वित्तीय विवरणहरु उपर छलफल गरी
पारित गर्नेछ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७९/८० को कारोवारको लेखापरीक्षण गर्नका लागि सञ्चालक समितिबाट लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने , आर्थिक वर्ष २०८०/८१ को कारोबारको लेखापरीक्षण गर्न कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षक नियुक्ती गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२)(क) मा व्यवस्था भए वमोजिम समुह क का संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सदस्यहरुको निर्वाचन गर्ने, कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) मा व्यवस्था भए वमोजिम १ जना स्वतन्त्र विशेषज्ञ सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिका सदस्यहरुका लागि सञ्चालक समितिबाट निधारण गरिएको बैठक भत्ता तथा अन्य सेवा सुविधा अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा (४) र (५) बमोजिम सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको साधारण शेयर जारी पश्चात् प्राप्त पूँजीको उपयोग लगायत विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS