IME Life New

ओरिएन्टल इन्स्योरेन्सको नाफा २६.८३ करोड, १३.२८% ले बढ्यो खुद बीमाशुल्क आर्जन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले २५ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १२ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो हिसाबले नाफामा १००.७२ प्रतिशतको बढोत्तरी भएको छ।

चुक्तापुँजी २५ करोड ११ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म स्पेसल रिजर्भमा १ अर्ब ३८ करोड रुपैयाँ नै रहेको थियो।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीकोे महाविपत्ति कोषमा ४ करोड ७४ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ३९ लाख ३७ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ३ करोड ६२ लाख रुपैयाँ रहेको थियो भने रिटेन्ड अर्निङ ७ करोड ३४ लाख रुपैयाँले ऋणात्मक थियो।

समीक्षा अवधिसम्म कम्पनीले ७५ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष यही अवधिसम्म कम्पनीले ७० करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । कुल बीमाशुल्क आर्जन ७.७९ प्रतिशतले बढेको छ।

यो ६ महिनाको अवधिमा कम्पनीले ४९ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४३ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन १३.२८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले पुनर्बीमामार्फत २६ करोड ३१ लाख रुपैयाँ खर्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २६ करोड ६२ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो।

समीक्षा अवधिसम्म कम्पनीले ३ करोड १८ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले १ करोड ७२ लाख रुपैयाँ खर्चिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS