IME Life New

एनएलजीले कमायो ८.७५ करोड नाफा, कुल बीमाशुल्क आर्जन १ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।समीक्षा अवधिसम्म कम्पनीले ८ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो हिसाबले नाफामा ५३.९६ प्रतिशतको बढोत्तरी भएको छ।

चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब २८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म स्पेसल रिजर्भमा १ अर्ब २४ करोड रुपैयाँ रहेको थियो।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीकोे महाविपत्ति कोषमा ७ करोड ६२ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १२ करोड ८० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ७ करोड १८ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १० करोड ५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ६ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ६ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । कुल बीमाशुल्क आर्जन सामान्य वृद्धि भएको हो।

यो ६ महिनाको अवधिमा कम्पनीले ३१ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २९ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन ६.०४ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले पुनर्बीमामार्फत ७५ करोड २ लाख रुपैयाँ खर्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ७६ करोड ४४ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो।

समीक्षा अवधिसम्म कम्पनीले २ करोड ३६ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले २ करोड ८१ लाख रुपैयाँ खर्चिएको थियो।

समीक्षा अवधिसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १२ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ७.७९ रुपैयाँ थियो। प्रतिशेयर नेटवर्थ २१४.५६ रुपैयाँ रहेको कम्पनीको मूल्य आम्दानी अनुपात ७०.३३ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS