IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, आइपीओ ल्याउने मुख्य प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको माघ २६ गते बसेको बेठकले वार्षिक साधारणसभा फागुन २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको भरतपुरस्थित महर्जन कम्प्लेक्समा रहेको कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँबाट ३० प्रतिशत साधारण शेयर (आइपीओ) सर्वसाधारणलाई जारी गर्न शेयरधनीहरुसँग स्वीकृति लिने र आवश्यक कार्यका लागि सञ्चालक समितिले अख्तियारी लिने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको सिफारिसबमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

कम्पनीको सञ्चालक समितिको सिफारिसबमोजिम स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। गठन भएको सञ्चालक समितिलाई सभाले अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS