IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितहरुले शीर मेमोरियल एड्भेन्टिस्टमा आकर्षक छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताल, बनेपा, काभ्रे र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले आफूले प्रदान गर्दैआइरहेको नगद रहित (क्यासलेस) स्वास्थ्य बीमा सुविधा थप प्रभावकारी बनाउन आफ्नो क्यासलेस अस्पतालहरुको सञ्जाल विस्तार गर्नेक्रममा बनेपा, काभ्रे स्थित सुविधा सम्पन्न शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताल संग आपसि सहकार्य गर्ने सम्झौता गरेको हो ।

सम्झौता पत्रमा बीमा कम्पनीको तर्फबाट सहायक महाप्रबन्धक एवम बजार विभाग प्रमुख रामजी ढकाल र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. हेक्टोर जी. गायेरसले हस्ताक्षर गरे ।

Esewa
Crest

उक्त समारोहमा कम्पनीका मेडिहेल्थ बिभागका वरिष्ठ अधिकृत डा. दिवेश बास्तोला, बनेपा शाखा प्रमुख राधाकृष्ण श्रेष्ठ तथा कम्पनीका अन्य पदाधिकारीका साथै अस्पतालका उच्च व्यवस्थापनको उपस्थिती रहेको थियो ।

सोहि समारोहबिच नगद रहित स्वास्थ्य उपचार सेवा उपलब्ध गर्ने गराउने अभिमुखिकरण डा. दिवेश बास्तोलाले प्रदान गरे । यो सँगै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितले सम्झौता पश्चात अस्पताल भर्नामा नगद रहित स्वास्थ्य बीमाको लाभ लिनसक्नेछन साथै बीमितहरुको लागि आफ्नो सम्पूर्ण सेवाहरुमा अस्पतालले ५ प्रतिशत देखि १० प्रतिशत सम्म छुट प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS