IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.८७ लाख बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ लाख ८७ हजार बढी कित्ता शेयर आज माघ २२ गतेबाट बिक्रीमा राखिएको छ।

कम्पनीको २ लाख ८७ हजार ५०० कित्तासंस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथ अन्य जोकोही व्यक्ति, संस्था र कम्पनीले खरिद आवेदन दिन सक्नेछन्।

Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य २२० रुपैयाँ तोकिएको छ। यसको मतलब लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन दिन सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति फागुन ३ गतेसम्म तोकिएको छ। लगानीकर्ताले काठमाडौंको थापाथलीस्थित ट्रेड टावरमा रहेको एनआईसी एसिया क्यापिटलको कार्यालयमा बोलपत्र पेस गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS