IME Life New

प्राधिकरणबाट निर्धारित दररेटबमोजिम बीमालेख जारी गर्ने लुम्बिनी प्रदेशका निर्जीवन बीमकहरुको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी प्रदेशमा रहेका निर्जीवन बीमकहरुले नेपाल बीमा प्राधिकरणबाट निर्धारण गरिएका दररेटबमोजिम बीमालेख जारी गर्ने निर्णय गरेका छन्।

प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयमा आज आयोजित निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुका प्रदेश प्रमुखहरुसँगको समसामयिक विषयमा छलफलमा यस्तो निर्णय भएको हो।

Esewa
Crest

निर्जीवन बीमकहरुले कषि तथा पशुपन्छी बीमा गर्न जिल्ला तोकिएको बीमकलाई जिल्लाअन्तर्गत रहेका प्रत्येक पालिकाको सम्बन्धित विभागमा महिनाको एकपटक सम्पर्क गर्न वा पालिकाले उपलब्ध गराएको हेल्प डेस्कबाट काम गर्न समन्वय गर्ने निर्णय पनि छलफल भएको छ।

छलफल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय प्रमुख पूर्णबहादुर थापाको उपस्थितिमा भएको थियो। छलफलमा कार्यालयका निर्देशक मो दिल्दार अन्सारी पनि सहभागी भएका थिए।

छलफलमा १० वटा निर्जीवन बीमकका प्रदेश प्रमुखहरुको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS