IME Life New

कोरोना बीमाको बाँकी बक्यौता निकासा गर्न बीमक संघले गुहार्यो लेखा समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकको छाता संगठन नेपाल बीमा संघ (एनआईए)ले सरकारलाई प्रतिबद्धताअनुरुप बक्यौता रहेको कोरोना बीमाको दाबी भुक्तानी गर्न रकम निकासा गर्न निर्देशन दिन आग्रह गरेको छ।

संघले सार्वजनिक लेखा समितिमा निवेदन दर्ता गर्दै सरकारलाई कोरोनाको दाबी भुक्तानी बाँकी रकम निकास गर्न निर्देशन दिन आग्रह गरेको हो। बीमा गरेपछि दाबी पाइन्छ भन्ने कुरामा ढुक्क हुन आफ्नो सम्पत्तिको बीमा गरुन भन्ने आमजनमासनमा बीमासम्बन्धी सकारात्मक प्रभाव पार्न कोरोनाको दाबी भुक्तानी बाँकी रकम सरकारले निकासा गर्नै पर्ने संघले जनाएको छ।

Esewa
Crest

नेपाल सरकारको बचनबद्धता र नियामकको निर्देशनबमोजिम निर्जीवन बीमा कम्पनीहरुले कोरोनाको बीमालेख जारी गरेका हुन्। मापदण्डमा उल्लेखित दायित्वको सीमासमेत बीमकहरु, नेपाल पुनर्बीमा कम्पनी, बीमकको महाविपत्ति कोष र तत्कालीन बीमा समितिबाट भुक्तानी भइसकेको निवेदनमा उल्लेख छ। सोअनुसार करिब १२ अर्बको बाँकी रकमको दायित्व नेपाल सरकारमा रहेकोमा गत वर्ष १ अर्ब रुपैयाँमात्रै निकासी भएको संघले जनाएको छ।

अब बाँकी रहेको करिब ११ अर्ब निकासा गर्न सरकारलाई निर्देशन दिन संघले लेखा समितिसँग आग्रह गरेको छ।

यस्तो थियो कोरोना बीमाको दायित्व निर्धारण

  • पहिलो १० हजार संख्यासम्मको दाबी अर्थात १ अर्ब रुपैयाँसम्म बीमा कम्पनीहरुले भुक्तानी गर्ने।
  • त्यसपछि थप १० हजार संख्यासम्मको दाबी अर्थात १ अर्ब रुपैयाँ नेपाल पुनर्बीमा कम्पनीले व्यहोर्ने।
  • त्यसपछिको ५ हजार संख्यासम्मको दाबी अर्थात ५० करोड रुपैयाँ बीमा कम्पनीहरुको महाविपत्ति कोषबाट व्यहोर्ने।
  • त्यसपछिको १० हजार संख्यासम्मको दाबी अर्थात १ अर्ब रुपैयाँ दाबी तत्कालीन बीमा समितिले व्यहोर्ने।
  • त्यसभन्दा माथिको दाबी नेपाल सरकारले व्यहोर्ने सहमतिबमोजिम उक्त बीमा सुचाररु गरिएको।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS