IME Life New

सम्पत्ति बीमा निर्देशनविपरीत बीमालेख जारी गर्ने बीमकलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशन, २०८० विपरीत बीमालेख जारी गर्ने निर्जीवन बीमकलाई कारबाही गर्ने चेतावनी दिएको छ। प्राधिकरणले इजाजतप्राप्त सबै निर्जीवन बीकमका लागि आज एक परिपत्र जारी गर्दै यस्तो चेतावनी दिएको हो।

बैंक तथा वित्तीय संस्थाका लागि प्रयोग हुने बीमादरबारे प्रस्ट पार्न भन्दै प्राधिकरणले सम्पत्ति बीमा निर्देशन, २०८० को निर्देशन नं. ५ को बुँदा नं. ४ अन्तर्गत रहेको व्यवस्था उल्लंघन गरी बीमालेख जारी गरे आवश्यक कारबाही हुने परिपत्रमा उल्लेख छ। बुँदा नं. ४ मा ‘मोटर बीमालेख, सामुन्द्रिक बीमालेख, हवाई बीमालेख, इन्जिनियरिङ बीमालेख, कृषि, पशुपन्छी तथा जडीबुटी बीमालेख, नगद तथा मार्गस्थ बीमा र बैंकर्सको क्षतिपूर्ति बीमालेखलगायत विविध बीमाअन्तर्गत रक्षावरण हुने जोखिमका लागि यो बीमालेख जारी गर्न पाइने छैन’ भन्ने उल्लेख छ । तर, उक्त व्यवस्थाको उल्लंघन हुने गरी ती किसिमका सम्पत्ति बीमालेख जारी भइरहेकोमा ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ।

Esewa
Crest

त्यस्ता सम्पत्ति बीमालेखहरु जारी गरिरहेको पाइएमा बीमा ऐन, २०७९ बमोजिम आवश्यक कारबाही हुने परिपत्रमा उल्लेख छ। प्राधिकरणले सम्पत्ति बीमा निर्देशनमार्फत गोदामभित्र राखिएको मार्गस्थ सामान, प्रयोगविहीन भएर घरमा राखिएको वा शोरुम वा गोदाममा रहेको सवारीसाधन, निर्माणाधीन भवनको भने यसै बीमालेखअन्तर्गत गर्न सकिने व्यवस्था गरेको छ।

nia directive

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS