IME Life New

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको एएमएल/सिएफटी तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको एएमएल/सिएफटी तालिम सम्पन्न भएको छ । कम्पनीले माघ १३ गते चन्द्रागिरी हिल्स, काठमाडौंमा कम्पनीका संचालक समितिका सदस्य तथा उच्च व्यवस्थापनको रोहवरमा कम्पनीका ७ वटै प्रदेशका प्रमुखहरु तथा विभागीय प्रमुखहरुको समेत सहभागितामा पालना गर्नुपर्ने अनुपालन तथा एएमएल /सिएफटी तालिम तथा सेमिनारको आयोजना गरेको हो ।

उक्त अवसरमा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले संचालक समितिका सदस्य, उच्च व्यवस्थापन, विभागीय प्रमुख तथा प्रदेश प्रमुखहरुलाई अनुपालन तथा एएमएल/सिएफटीको बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए ।

Esewa
Crest

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश्भक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायहरुले दिइएको निर्देशन त्यसैगरी ऐन नियम, कानून र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र समेतको अक्षरस पालना गरी ग्राहकमहानुभावहरुलाई सेवा प्रदान गर्नुपर्ने साथै आफ्नो दैनिक काम कारवाहीमा सोलाई पूर्ण रुपमा पालना गरी अगाडी बढ्न निर्देशन दिए ।

सोही अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले सबै विभागीय प्रमुख मार्फत सबै विभागका कर्मचारीहरु तथा प्रदेश प्रमुख मार्फत शाखाका सम्पूर्ण कर्मचारीहरुलाई दैनिक रुपमा हरेक कार्य गर्दा ऐन, नियम, निर्देशन तथा परिपत्रहरुको पालना गरेर मात्र कार्य गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS