IME Life New

आजसम्म शेयर किन्नेले हिमालयन एभरेष्ट इन्स्योरेन्सको १५% लाभांश पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि माघ १४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार आज माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने १५ प्रतिशत लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले माघ २५ गते, बिहीबार, आफ्नो ३०औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौंमा सभा बिहान ११ बजे शुरु हुनेछ। कम्पनीको पुस,२६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ६३ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थसहित ६ दशमलव ३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Crest

त्यसैगरी, सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव नगद प्रवाह, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विज्ञ स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्ति चार वर्षको लागि र रिक्त संस्थापक सञ्चालकको पदमा भएको नियुक्ति बाँकी अवधिको लागि अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। सभाले संचालकको भत्ता तथा सुविधा बृद्धि गर्ने, सोही अनुसार नियमावली संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS