काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्ममा ३ माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुले १ करोड ९ लाख २२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार गार्डियन माइक्रो लाइफले कार्तिक महिनासम्ममा ३५ सय १४ वटा बीमा पोलिसी विक्री गरी ३५ लाख ५६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनी मंसिर महिनामा मात्रै ६ सय ३४ वटा बीमा पोलिसी विक्री गरी ७ लाख ८६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा ४ हजार ६९ वटा बीमा पोलिसी विक्री गरी ६१ लाख ९८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले मंसिर महिनामा मात्रै १८ सय ३४ वटा बीमा पोलिसी विक्री गरी ४१ लाख ६२ हजार कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
त्यसैगरी लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर महिनासम्ममा ४८८ वटा बीमा पोलिसी विक्री गरी ११ लाख ६७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । मंसिर महिनामा मात्रै कम्पनीले ४२५ वटा बीमा पोलिसी विक्री गरी १० लाख ९५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।