IME Life New

नेको इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्सले २८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नेछ। सोही आर्थिक वर्षको लेखापरीक्षणको प्रतिवेदन पनि सभाले अनुमोदन गर्नेछ।

Esewa
Crest

सभाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पनि स्वीकृत गर्नेछ।

सभाले संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS