IME Life New

एनएलजी इन्स्योरेन्सका बीमितलाई आव २०७९/८० सम्मको बीमा दाबी फर्छ्यौट गर्न ३५ दिनको समयसीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको बीमा दाबी फर्छ्यौट प्रक्रिया अगाडि बढाउन बीमितहरुलाई आग्रह गरेको छ।

कम्पनीले आज चौथो पटक सूचना जारी गर्दै बीमितहरुलाई २०८० असार मसान्तसम्मको बीमा दाबी फर्छ्यौट गर्न आग्रह गरेको हो।

Esewa
Crest

बीमित वा प्रतिनिधिमार्फत प्राप्त बीमादाबी सम्बन्धमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेस नभएको वा सम्पर्कमा नआएका बीमितहरुलाई ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी वा सम्बन्धित सर्भेयरमार्फत गरी दाबी फर्छ्यौट प्रक्रिया अगाडि बढाउन कम्पनीले आग्रह गरेको छ।

तोकिएको समयभित्र आवश्यक कागजातसहित सम्पर्कमा नआएका बीमा दाबीका फाइलहरु बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ। २०८० असार मसान्तसम्म पर्न आएको बीमा दाबीको विवरण कम्पनीको वेबसाइटमा हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS