IME Life New

एकैदिन प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको दुई नयाँ शाखा संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले एकैदिन दुई शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले सुनसरीको इटहरी र मोरङको उर्लावारीमा शाखा संचालनमा ल्याएको हो । उक्त नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोद कुमार पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोक्काले संयुक्त रुपमा गरेका हुन् ।

कम्पनीका सिइओ रोक्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख विनोद कुमार पोखरेल, संस्थाका प्रशासन प्रमुख टेक प्रसाद गुरागाई, संस्थाको कोशी प्रदेश प्रमुख धना भट्टराई, गार्डियन माइक्रो लाइफका सिइओ, मुक्तिनाथ विकास बैंक कोशी प्रदेश प्रमुख मनोज विष्टले स्वागत मन्तव्य दिएका थिए ।

Esewa
Crest

कार्यक्रममा संस्थाका प्रशासन प्रमुख, कोशी प्रदेश प्रमुख र कार्यलय प्रमुखले लघु बीमाको बारेमा जानकारी दिएका थिए । नेपालमा लघु बीमा व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन गरी न्युन आय भएका वर्ग, समुदाय, पिछडीएका ग्राणिन क्षेत्रका वासिन्दा तथा सिमान्तकृत समुदायको सम्पतीको सुरक्षाको प्रत्याभुति गरी सो वर्गका मानिसहरुको जीवनस्तर माथि उठाउने उद्देश्यले शाखा संचालन गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS