काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी(निप्स) कोशी प्रदेश गठन भएको छ । उक्त गठित कार्यसमितिमा एनएलजी इन्स्योरेन्सका खड्ग बहादुर श्रेष्ठ अध्यक्ष, ओरिएण्टल इन्स्योरेन्सका प्रदिप बाबु तिवारी उपाध्यक्ष, प्रभु इन्स्योरेन्सका प्रकाश पोखरेल सचिव, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका नारायण गौतम कोषाध्यक्षमा रहेका छन् ।
साथै, सदस्यहरुमा नेको इन्स्योरेन्सका सरोज पोखरेल, यूनाइटेड अजोडका केदार खत्री, नेशनल इन्स्योरेन्सका सन्जेश भट्टराइ, हिमालयन एभरेष्ट इन्स्योरेन्सका निरन्जन श्रेष्ठ, सानिमा जिआइसी इन्स्योरेन्सका अर्जुन सुवेदी रहेका छन् । शिखर इन्स्योरेन्सका प्रज्वल आचार्य र नेपाल इन्स्योरेन्सका राज तिवारी सल्लाहकारमा रहेका छन् ।
उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले निप्स गठनपछि बीमाकर्मीहरुको एकता तथा नियामक निकाय बीमा प्राधिकरण र अन्य सघंसंस्थासँग गर्नुपर्ने कार्यमा सहजीकरण हुने बताए ।