IME Life New

नेपाल इन्स्योरेन्सको ७५औँ वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९.९७ रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

जसमा १० प्रतिशतले हुन आउने १४ करोड ९४ लाख ७६ हजार ५३९.९७ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ७८ लाख ६७ हजार १८६.३१ रुपैयाँ बराबरको नगद लाभांश छन्।

सभाले कम्पनीको उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गरेको छ । कम्पनीमा रिक्त विज्ञ स्वतन्त्र सञ्चालकमा वीरविक्रम रायमाझीलाई ४ वर्षका लागि अर्थात २०८३ चैत ८ गतेसम्मका लागि नियुक्त गर्ने निर्णय सभाले अनुमोदन गरेको छ ।

सभाले बोनश शेयर वितरणपछि चुक्तापुँजी पनि बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २८ गते बुक क्लोज गरेको थियो । यसको आधारमा मंसिर २७ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०८० साल कार्तिक १७ गते जाजरकोटको बारेकोट गाँउपालिका वडा नं ०१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको भुकम्प पिडितहरुलाई प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष मार्फत राहत स्वरुप रु २५ लाख सहयोग प्रदान गरिएकोमा सो को अनुमोदन गर्ने प्रस्ताव लाई सर्वसम्मतीले पारित गरेको हो ।

नेपाल सरकारको स्वामित्वमा वि.स. १९९४ सालमा स्थापित नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको सहभागितामा स्थापित यस कम्पनीले बिगत ७७ वर्ष देखि निरन्तर रुपमा नेपाली बीमा बजारमा आफ्नो छुट्टै सुनौलो पहिचान, शाख र प्रतिष्ठा कायम राख्दै विश्वासीलो र भरपर्दो कम्पनीको रुपमा प्रधान कार्यालय सहित देशका विभिन्न क्षेत्रहरुमा ५८ वटा प्रदेश÷शाखा÷उपशाखा कार्यालयहरुबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS