IME Life New

दाबी भुक्तानीलाई प्राथमिकता दिंदै सलिको, पाँच महिनामै गर्‍यो १ अर्ब ५ करोड रुपैयाँ भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा बीमा दाबीवापत कूल १ अर्ब ५ करोड ७१ लाख रुपैयाँ क्षतिपूर्ती दिएको छ। कम्पनीका अनुसार चालू आर्थिक वर्ष २०८०।८१ को म‌ंसिर मसान्त सम्ममा १ हजार ७३३ वटा बीमा दाबीको निवेदन अन्तर्गत यो रकम क्षतिपूर्ती उपलब्ध गराइएको हो ।

म‌ंसिर महिनामा मात्र सलिको बीमितलाई १ करोड ७१ लाख रूपैयाँ क्षतिपूर्ती उपलब्ध गराएको छ। सलिकोका अनुसार गत महिना १ हजार ९३ वटा बीमा दाबी अन्तर्गत बीमितलाई यो रकम क्षतिपूर्ती दाबी भुक्तानी गरिएको हो ।

Esewa
Crest

कम्पनीका अनुसार गत कात्तिक मसान्तसम्ममा ५ हजार ६२२ वटा बीमा दाबी निवेदनमार्फत् १ अर्ब १५ करोड रुपैयाँ क्षतिपूर्तीका लागि निवेदन प्राप्त भएको थियो । म‌ंसिर महिनामा मात्र कूल ४ करोड ९ लाख बराबरको १ हजार ४१३ वटा थप नयाँ बीमा दाबी निवेदन दर्ता गरेको छ। कात्तिक महिनामा मात्र सलिकोले ७८४ वटा बीमा दाबी अन्तर्गत ११ करोड ६३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS