IME Life New

भूकम्पमा ज्यान गुमाएका जाजरकोटबासीलाई बीमा दाबी रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णालीको जाजरकोट भूकम्पमा परेर ज्यान गुमाएका १२९ परिवारलाई दुई लाख रुपैयाँको दरले बीमा रकम हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेश सरकारले कर्णालीका सबै घर परिवारको प्राकृतिक प्रकोप बीमा अन्तर्गत यो रकम हस्तान्तरण गरेको हो ।

प्रदेश सरकारका अनुसार राष्ट्रिय बीमा कम्पनीमा प्रति घर दुई लाख रुपैयाँ बीमां‌कको सामूहिक बीमा गरिएकोमा बीमा कम्पनीले भूकम्पमा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई दाबी भुक्तानीको रकम उपलब्ध गराएको हो ।

Esewa
Crest

जिल्ला प्रशासन कार्यालयको विवरण र प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले उपलब्ध गराएको विवरणको आधारमा राष्ट्रिय बीमा कम्पनीले दाबी रकम भुक्तानी गरिरहेको छ।

राष्ट्रिय बीमा कम्पनीका अनुसार प्रदेशबाट प्राप्त विवरणको आधारमा क्रमशः सबै मृतकको परिवारजनलाई दाबी रकम भुक्तानी गरिनेछ।

कर्णालीमा घर बीमा कार्यक्रम स्वीकृत भएको थियो। तर, यो बीमा कार्यक्रम लागू नहुँदै भूकम्प गयो। ‘घर बीमाका लागि ५ करोड बजेट स्वीकृत भएको छ’, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जीसीले भने, ‘कर्णाली प्रदेशभरिका लागि घर बीमा गर्न ११ करोड लाग्ने अनुमान छ।’

घर बीमा लागू नभएकै कारण क्षति भएका घरका लागि प्रदेश र संघले दायित्व व्यहोर्नुपरेको जीसीले बताए। ‘यो कार्यक्रम लागू भएको भए बीमा कम्पनीले अर्बौं व्यहोर्ने अवस्था आउने थियो’, उनले भने, ‘त्यसैले आगामी दिनमा प्रदेश सरकारले बीमा कार्यक्रमलाई तीव्र रुपमा अघि बढाउनेछ।’

मन्त्री जीसीले आगामी दिनमा प्रदेश सरकारले सबै प्राकृतिक विपदमा पोलिसी खरिद गर्ने बताए । ‘कृषि बीमा, घर बीमा, सम्पत्ति बीमा, पशु बीमालगायत पोलिसी खरिद गरिनेछ’, उनले भने, ‘आगामी आर्थिक वर्षबाट प्रदेश सरकारले बीमाका कार्यक्रमहरु विस्तार गर्नुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS