IME Life New

बैजनाथ गाउँपालिकामा एनएलजी इन्स्योरेन्सद्धारा कृषी तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषी तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रमलाई प्राथमिकतामा राख्दै विभिन्न ठाउँमा कार्यक्रम संचालन गर्दै आइरहेको छ । सोही क्रममा कम्पनीले मंसिर ३० गते बांके जिल्लाको बैजनाथ गाउँपालिकाको वडा नं. ५ को जि गाउँमा कृषी तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

बैजनाथ गाउँपालिका आर्थिक बिकास समिती संयोजक एबम् वडा नं ४ का वडा अध्यक्ष प्रेम बहादुर शाहीको प्रमुख आतिथ्य र एनएलजी इन्स्योरेन्स कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष देव बहादुर रावत ,बैजनाथ गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख खडक बहादुर सिंह , कृषि बिकास शाखाका प्रमुख प्रमोद कुमार बिश्वकर्मा ,एनएलजी इन्स्योरेन्स कम्पनी नेपालगन्ज क्षेत्रीय कार्यालयका प्रमुख बिवेक भण्डारी , बजार प्रतिनिधी रजिश भण्डारी , दावी बिभागका सहायक चित्र बहादुर बि.क. ,एनएलजी इन्स्योरेन्स कम्पनी कोहलपुर शाखाका शाखा प्रमुख आशिष मल्ल लगायत बिभिन्न तह र तप्का का सरोकारवालाहरु र पालिकाका बिभिन्न वडाका कृषक तथा कृषि पेशा मा आवद्ध व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

Esewa
Crest

उक्त कार्यक्रममा एनएलजी इन्स्योरेन्स कम्पनीका कोहलपुर उपशाखा कार्यालयका प्रमुख आशिष मल्लले स्वागत मन्तव्य राखका थिए । कम्पनीका बिजनेश कोअर्रिडिन्टर सुनील श्रेष्ठले छलफल कार्यक्रम आयोजना गर्नुको उद्देश्य,बीमाका प्रावधान र कृषि बीमाको महत्वका बारेमा जानकारी गराउँदै पशुबीमा तथा कृषी बीमा कसरी गर्ने, कुनै क्षति भए कसरी दावी लिने बिषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले पशु बीमा गर्दा पशुपालक किसानहरुलाई बीमा शुल्कमा संघिय सरकारद्वारा प्रदान गरीरहेको ८० प्रतिशत अनुदानमा चालु आर्थिक वर्षदेखी पालिकाद्वारा २० प्रतिशत थप गरी सत प्रतिशत अनुदान दिएर पशुबीमा गर्नमा किसानहरुलाई प्रोत्साहित गर्नु भएकोमा बैजनाथ गाउँपालिकालाई धन्यवाद व्यक्त गर्दै अन्न बाली बीमामा समेत कृषकहरुलाई सहभागिताको लागि अनुरोध गरेका थिए ।

सोही कार्यक्रममा प्रमुख अतिथी प्रेम बहादुर शाहीले कृषी बीमा सम्बन्धी छलफल कार्यक्रम पालिकाका किसानहरुको घरदैलोमा नै आएर आयोजना गरेकोमा खुशी व्यक्त गर्दै पशु बीमामा झै वाली तथा तरकारी बीमालाई पनि अभियानको रुपमा अगाडी बढाउन एनएलजी इन्स्योरेन्स कम्पनीलाई अनुरोध गरे ।

साथै, सरकारद्वारा ल्याईएको कृषि तथा पशुपंक्षी बीमाको लागि पालिका बाट हर सम्भव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै छलफल कार्यक्रमको निरन्तरताको लागि अनुरोध गरेका थिए ।

कार्यक्रममा स्थानिय कृषकहरु र जनप्रतिनिधीहरु गरी ७२ जनाको सहभागीता रहेको थियो । उक्त छलफल कार्यक्रममा सहभागी किसानहरुले बीमा दावी भु्क्तानी मा सहजता ल्याउनु पर्ने , समयानुसार पशुचौपायाहरुको बीमांक रकम बढाउनु पर्ने , बाली बीमा गर्ने कार्य झन्झटिलो भएकोले सहजता ल्याउनु पर्ने कुराहरु राखेका थिए ।

छलफलको क्रममा उठेका गुनासाका बारेमा कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले बीमाका प्रावधान र बीमा दावी भुक्तानी छिटो छरीतो रुपमा भईरहेको र कंही कतै कमजोरी रहेको छ भने त्यसलाई सुधार गर्दै जाने र बीमांक रकममा समेत आपसी समझदारीमा चलनचल्तीको दर रेटमा बीमांक रकम कायम गरीने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले उत्साहजनक सहभागिताको लागि सम्पुर्णमा धन्यबाद व्यक्त गरे ।

उक्त छलफल कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष देव बहादुर रावत , पशुसेवा शाखाका प्रमुख खडग बहादुर सिंह , एनएलजी इन्स्योरेन्स कम्पनी क्षेत्रीय कार्यालय नेपालगंजका प्रमुख बिवेक भण्डारीहरुले आ आफ्ना धारणाहरु राखेका थिए ।

उक्त छलफल कार्यक्रम पशु प्राबिधिक कर्ण प्रिय रानाले संचालन गरेकी थिइन् । उक्त कार्यक्रममा १५ जना किसानहरलाई बीमा दावीको चेक समेत हस्तान्तरण गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS