IME Life New

सलिकोको दुर्घटना न्यूनीकरण तथा बीमा सचेतना कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले बुधबार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र इलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको संयुक्त आयोजनामा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकाको सभाहलमा सवारी दुर्घटना न्यूनीकरण तथा बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ।

एसटीएन च्यानलका पत्रकार महेन्द्र महराद्वारा सञ्चालित उक्त कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा इप्रका तुलसीपुर प्रमुख ठाकुरप्रसाद पोखरेल तथा जिल्लास्थित विभिन्न अटो प्रालिका अध्यक्षहरु, सवारीचालक, पत्रकार तथा स्थानीयहरुको उपस्थिति थियो ।

Esewa
Crest

कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुर प्रमुख ईश्वरी देवकोटाले प्रकाश परेका थिए भने बीमा सचेतना सम्बन्धमा सलिकोका तुलसीपुर शाखा प्रमुख तुफान सापकोटाले प्रकाश पारेका थिए। त्यसैगरी यस प्रकारका कार्यक्रमलाई जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिने जानकारीसमेत गराइएको थियो । साथै, कार्यक्रममा सहभागीले दुर्घटना न्यूनीकरण तथा बीमा सचेतना कार्यक्रम संचालन गरेकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS