IME Life New

बीमा सर्भेयरको भूमिका महत्वपूर्णः अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

बीमा सर्भेयर संघ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले यस्तो धारणा राखेका हुन्। ‘सुरुआत धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनीकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन’, उनले भने, ‘मलाई समस्या आउँदैन, किन बीमामा किन सहभागी हुने भन्ने धारणा छ।’

Esewa
Crest

अहिले बीमा सचेतनाको आवश्यकता रहेको औंल्याउँदै मन्त्री महतले भने, ‘जीवन होस् वा निर्जिवन जोखिममा पर्यो भने झमेला हुँदैन। यो विश्वास दिलाउनुपर्छ। नेपालमा दुईवटा समस्या छ, हरेकलाई समस्या आइपर्न सक्छ, अहिले हामीले केही योगदान दिएर भोलि आइपर्न सक्ने ठूलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने छ। जसले बीमा गरिसकेको छ, आपत पर्दा तिर्न विमा कम्पनीहरुले तिर्न आनाकानी गर्छन्। यसले सम्भावित बीमा लिन खोज्नेहरुलाई पनि विमा विस्तारमा अवरोध पुर्याउँछ।’

देखिएका समस्या समाधानका लागि विमामा जोडिएका सबै र बीमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन महतले आग्रह गरे। उनले व्यावसायिकतालाई मध्यनजर राखेर हामीले काम गर्नुपर्ने बताए।

‘बीमा कम्पनीहरुले लिन बेला विज्ञापन गर्ने, रिर्सोस जम्मा गर्ने र दिनुपर्यो भने अनेकौँ झमेला झिक्ने गरिन्छ। त्यहीनेर सर्भेरको काम आउँछ। उनीहरुको बीचमा बसेर सर्भेरले काम गरिदियो भने प्रभावकारी हुन्छ’ मन्त्री महतले भने, ‘बीमा सर्भेर महत्वपूर्ण भूमिका हुन्छन्। कुनै प्रभावमा नपरी जे यथार्थ हो, त्यो राखेर समस्या समाधान गर्नुपर्छ। यो भयो भने कसैले यसमा खेल्न सक्दैन। विमालाई नयाँ उचाइमा पुर्याउन सर्भेरको भूमिका महत्वपूर्ण हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS