काठमाडौं । लिबर्टी माइक्रो लाइफले लघु जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता पेशामा आबद्ध हुन ईच्छुक व्यक्तिहरुलाई तालिन दिन लागेको हो । उक्त तालिम मंसिर २९ गतेबाट पुस १ गतेसम्म संचालन गर्ने जनाएको छ । तालिम कुश्मा पर्वतमा संचालन गर्न लागिएको कम्पनीको भनाई छ । उक्त तालिममा सहभागि भई अभिकर्ता कार्य गर्न चाहानेले उक्त तालिममा सहभागि हुन कम्पनीले आग्रह गरेको छ ।