IME Life New

एनएलजी इन्स्योरेन्सले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ।

कम्पनीको क्षेत्रीय कार्यालय विराटनगरले तीनदिने तालिम सञ्चालन गर्ने भएको छ। तालिम मंसिर २८ गतेदेखि मंसिर ३० गतेसम्म सञ्चालन हुनेछ। तालिम बिहान १० बजेदेखि सुरु हुनेछ।

Esewa
Crest

तालिममा सहभागी हुन न्यूनतम एसएलसी वा सोसरह उत्तीर्ण गरी जेटीए उत्तीर्ण वा कृषि, पशुपन्छी तथा जडीबुटीसम्बन्धी कम्तीमा १ वर्षको तालिम प्राप्त गरेको हुनुपर्नेछ। इच्छुक व्यक्तिगत बीमा अभिकर्ताहरुले शैक्षिक योग्यताको प्रमाणपत्रहरु तथा नागरिकता (नोटरीसहित)को प्रतिलिपि, पासपोर्ट साइजको फोटो ४ प्रति र स्थायी लेखा नम्बर र मोबाइल नम्बर अनिवार्य उल्लेख गरी व्यक्तिगत विवरण फारम बुझाउनुपर्नेछ।

यसैगरी संस्थागत बीमा अभिकर्ताहरुले तालिममा सहभागी हुन संस्थागत अभिकर्ता लिन चाहने सम्बन्धित संस्थाको निवेदन (सञ्चालकको फोटो र हस्ताक्षर), सञ्चालकको नियुक्ति र पदावधि मिति, सञ्चालकको नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यता ( न्यूनतम एसएलसी वा सोसरह उत्तीर्ण गरी जेटीए उत्तीर्ण वा कृषि, पशुपन्छी तथा जडीबुटीसम्बन्धी कम्तीमा १ वर्षको तालिम प्राप्त प्रमाणपत्र), प्यान दर्ता, कर चुक्ता प्रमाणपत्र, कम्पनी रजिस्ट्रारको प्रमाणपत्र, ने.रा.बैं÷सहकारी डिभिजन÷घरेलु÷वाणिज्य÷अन्य दर्ता प्रमाणपत्र, नियमावली प्रबन्धपत्र, प्रबन्धपत्रको उद्देश्यमा बीमा अभिकर्ता भई कार्य गर्ने उल्लेख भएको छ र नियमावलीमा सञ्चालकको पदावधि उल्लेख भएको कागजातहरु पेस गर्नुपर्नेछ ।

तालिम लिन चाहनेले १ हजार रुपैयाँ नगदसहित कमपनीको क्षेत्रीय कार्यालय विराटनगर वा नजिकको शाखा कार्यालयहरुमा मंसिर २६ गतेभित्र सम्पर्क गर्नुपर्ने कमपनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS