IME Life New

आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण नगर्ने नेको इन्सुरेन्सको निर्णय, मुनाफा सञ्चित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्सुरेन्सले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

Esewa
Crest

बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै सो विवरणअनुसार कायम रहेको मुनाफाबाट लाभांश विवरण नगरी सञ्चित गर्ने निर्णय पनि गरेको छ। सञ्चालन समितिले गरेको निर्णयसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गर्ने र प्राधिकरणबाट स्वीकृत भई आएपछि आगामी वार्षिक साधारणसभाबाट स्वीकृतिका लागि पेस गर्ने कम्पनीले जनाएको छ।

अघिल्लो आर्थि वर्ष २०७८/७९ मा कम्पनीले १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS