IME Life New

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र सिद्धि स्मृति प्रतिष्ठानका सञ्चालन निर्देशक अनिल राजभण्डारीले हस्ताक्षर गरेका छन्। यस सम्झौतापश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म सिद्धि स्मृति प्रतिष्ठानबाट नगदरहित हस्पिटलाइजेसन प्राप्त गर्न सकिनेछ।

Esewa
Crest

सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी ढुंगानाले सिद्धि स्मृति प्रतिष्ठानले आफ्ना ग्राहकलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आबद्ध सदस्यहरुलाई औपाधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS