IME Life New

हिमालयन एभरेष्ट ३० औं वर्षमा प्रवेश, मर्जरमा इतिहास रच्ने देखि लिएर अब्बल वित्तीय सक्षमतासम्म

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्योरेन्स स्थापनाको २९ औं वर्ष पुरा गरेको छ। अग्रणीमध्येको यो निर्जीवन बीमा कम्पनीले ३० औं वार्षिकोत्सवका अवसरमा आगामी दिनमा अझै समर्पित रही थप गुणस्तरिय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीले ३ दशक लामो यात्राका क्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा निरन्तर सहयोग पुर्‍याउने नियामक, ग्राहक, शेयरधनी, पुनर्बीमक प्रति हार्दिक आभार प्रकट गरेको छ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले चुक्ता पूँजी दोब्बर पुर्‍याउन निर्देशन दिएपछि नेपालको बीमा इतिहासमै पहिलो पटक तत्कालीन हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स आपसमा गाभिएर हिमालयन एभरेष्ट इन्स्योरेन्समा रुपान्तरित भएका हुन् । यी दुई कम्पनीले आर्थिक वर्ष २०७९/८० को पहिलो दिन साउन १ गते देखि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू गरेका हुन् । हिमालयन जनरल २०५० मंसिर १५ र एभरेष्ट २०५१ साउन ७ गते सञ्चालनमा आएका थिए । यसरी नेपाली बीमाक्षेत्रमा दोस्रो पुस्ताको कम्पनीको रूपमा परिचत यी दुई कम्पनीले नेपालको बीमा क्षेत्रमै मर्जरमा इतिहास रचे।

चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार हिमालयन एभरेष्टको चुक्ता पूँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँ रहेको छ। महाविपत्ती कोषमा ५ करोड ६९ लाख रुपैयाँ र संचिती जगेडा कोषमा १ अर्ब ६२ करोड २० लाख ८४ हजार रुपैयाँ छ । असोज मसान्तसम्ममा बीमा कोषको आकार बृद्धि भई ४ अर्ब ४३ करोड पुगेको छ । पहिलो त्रैमासमा कम्पनीले ५४ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नियामकीय मापदण्डको तुलनामा यसको सोल्भेन्सी रेसियो अब्बल रहेको छ। कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा सोल्भेन्सी रेसियो ४.१४ रहेको छ ।

हिमालयन एभरेष्ट हालै भारतको मुम्बईमा भारतीय च्याम्बर अफ कमर्शद्वारा आयोजित चाैथो जिइमर्जिङ एशिया इन्योरेन्स अवार्डमा दुई फरक विधामा सम्मानित समेत भएको छ। कम्पनीले उत्कृष्ट नेपाली लघु बीमक र प्रविधिको सर्वाधिक प्रभावकारी ग्रहणकर्ता उपाधीबाट सम्मानित भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS