IME Life New

शिखर इन्स्योरेन्सले गर्यो २० दिनमै भूकम्पपीडितलाई भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २० दिनमै भूकम्पबाट भएको क्षतिको दाबी भुक्तानी गरेको छ। कम्पनीले कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षति पुर्याएका बीमितलाई छोटो समयमै दाबी भुक्तानी गर्न सफल भएको हो।

भूकम्पको भोलिपल्टै घटनास्थलमा सर्भेयर खटाइ कम्पनीले द्रुत गतिमा क्षति मूल्याङ्कनको काम सुरु गरेको थियो। भूकम्पबाट पिडित बीमितको निवेदन आउनु भन्दा अगाडी नै कम्पनीले आफ्ना बीमितलाई खोजि खोजि क्षति मूल्याङ्कनको काम सुरु गरेर नेपालको बीमा क्षेत्रमै उदाहरणीय काम गरेको छ।

Esewa
Crest

साखा कार्यालयका कर्मचारी तथा कम्पनीले खटाएका सर्भेयरले पहिलो चरणमा बीमितसँग आवश्यक समन्वय गरेर न्युनतम कागजात जुटाउनुका साथै दाबी रकम यकिन गरिएको थियो।

विषम परिस्थितिमा पनि शाखा कार्यालय तथा सर्भेयरहरुको सक्रियतामा क्षति सङ्ख्याको ९० प्रतिशत दाबी भुक्तानी भइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले जानकारी दिएका छन्।

केहि दाबी भुक्तानी बीमितका आफन्तजन घाइते तथा मृत्यु भएका कारणले सम्पर्कमा आउन नसक्दा दाबी भुक्तानी हुन नसकेको कम्पनीले जनाएको छ। उनिहरुलाई सम्पर्क गर्ने प्रयास भइरहेको र सम्पर्कमा आउने वित्तिकै दाबी भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ।

नेपाल भुकम्पिय जोखिमको दृष्टिकोणबाट सर्वाधिक धेरै जोखिम युक्त देश हो। नेपालले भूकम्प मात्रै होइन अनेकौं प्राकृतिक विपदको सामना गर्दै आएको छ। त्यसैले हाम्रो जस्तो मुलुकका सम्भावित जोखिमको व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण बन्ने गरेको छ। राज्यले प्राकृतिक प्रकोपका समयमा अर्बौ रुपैयाँ खर्च गर्नु परिरहेको छ। तर नेपालमा बीमा साक्षरताको अभावले गर्दा बहुसंख्यक नेपाली बीमाको पहुँच भन्दा बाहिर छन्।

सरकारले दिने राहत समयमा नपाउँदा खुला आकाशमुनी बस्न बाध्य नेपालीहरुलाई बीमाको दायरामा ल्याउन नसक्दा उनीहरुले समयमा राहात पाउन सकेका छैनन्। जसले बीमा गरेका थिए उनीहरुले आफ्नो क्षतिको भरपाई बीमा मार्फत प्राप्त गरिसकेका छन्। अव उनिहरुलाई आफ्नो सम्पत्तिलाई पुर्व अवस्थामा ल्याउन कत्ती पनि गाह्रो हुने छैन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS