IME Life New

आर्थिक वर्ष २०७९/८०को लाभांश घोषणा गर्ने पहिलो बीमा कम्पनी बन्यो नेपाल इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेको छ। योसँगै बीमा कम्पनीमा लाभांश घोषणा गर्ने नेपाल इन्स्योरेन्स पहिलो कम्पनी बनेको छ।

नेपाल इन्स्योरेन्स सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९.७२ रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने १४ करोड ९४ लाख ७६ हजार ५३९.९७ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ७८ लाख ६७ हजार १८६.३१ रुपैयाँबराबरको नगद लाभांश छन्।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS