काठमाडौं । सरकारी स्वामित्वको पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको आधिकारिक वेबसाइट आइतबार पुनः बन्द भएको छ। पुनर्बीमा कम्पनीको वेबसाइट डोमेन नविकरण नगर्दा वेबसाइट बन्द हुन पुगेको थियो। वेबसाइट आइतबार बिहानदेखि खुलेको छैन ।
वेबसाइट नखुलेपनि कम्पनीले वेबसाइट किन बन्द गरिएको थियो भन्ने बारे कुनै जानकारी सार्वजनिक गरेको छैन। दश दिनको अवधिमा यो दोश्रो पटक हो। यसअघि कात्ति ३० गते समेत बन्द थियो।
नेपाल पुनर्बीमाले रेडियण्ट नेपालमार्फत् डोमेन नेम दर्ता गराएको छ। सेवा प्रदायक रेडियण्ट नेपालको वेबसाइट समेत बन्द रहेको छ। रेडियन्ट नेपालले वेब होष्टिङवापतको रकम आफ्नो विदेशी सेवा प्रदायकलाई भुक्तानी नगर्दा यस्तो भएको हुनसक्छ।
नेपाल पुनर्बीमा कम्पनीको वेबसाइट होष्टिङ पटक पटक अवरुद्ध हुने गरेको छ। यसअघि जुन २४, २०२३ मा समेत यहि समस्याका कारण वेबसाइट खुलेको थिएन । अन्तर्राष्ट्रिय बजारमा पुनर्बीमा कारोबार गर्नुपर्ने कम्पनी भएकाले वेबसाइटको निरन्तर सञ्चालन सुनिश्चित गर्नु संवेदनशील भएपनि पटक पटक लापरवाही देखिएको छ।