IME Life New

सरकारी पुनर्बीमा कम्पनीको वेबसाइटमा खेलवाड, दश दिनमै दोश्रो पटक ब्लक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वको पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको आधिकारिक वेबसाइट आइतबार पुनः बन्द भएको छ। पुनर्बीमा कम्पनीको वेबसाइट डोमेन नविकरण नगर्दा वेबसाइट बन्द हुन पुगेको थियो। वेबसाइट आइतबार बिहानदेखि खुलेको छैन ।

वेबसाइट नखुलेपनि कम्पनीले वेबसाइट किन बन्द गरिएको थियो भन्ने बारे कुनै जानकारी सार्वजनिक गरेको छैन। दश दिनको अवधिमा यो दोश्रो पटक हो। यसअघि कात्ति ३० गते समेत बन्द थियो।

Esewa
Crest

नेपाल पुनर्बीमाले रेडियण्ट नेपालमार्फत् डोमेन नेम दर्ता गराएको छ। सेवा प्रदायक रेडियण्ट नेपालको वेबसाइट समेत बन्द रहेको छ। रेडियन्ट नेपालले वेब होष्टिङवापतको रकम आफ्नो विदेशी सेवा प्रदायकलाई भुक्तानी नगर्दा यस्तो भएको हुनसक्छ।
नेपाल पुनर्बीमा कम्पनीको वेबसाइट होष्टिङ पटक पटक अवरुद्ध हुने गरेको छ। यसअघि जुन २४, २०२३ मा समेत यहि समस्याका कारण वेबसाइट खुलेको थिएन । अन्तर्राष्ट्रिय बजारमा पुनर्बीमा कारोबार गर्नुपर्ने कम्पनी भएकाले वेबसाइटको निरन्तर सञ्चालन सुनिश्चित गर्नु स‌ंवेदनशील भएपनि पटक पटक लापरवाही देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS