Connect IPS
IME Life

शिखर इन्स्योरन्सको १९औं वार्षिकोत्सवको अवसरमा ३ दिने राष्ट्रव्यापी रक्तदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपाल रेडक्रस सोसाईटीको सहयोगमा कार्तिक २१ देखि २३ गतेसम्म ३ दिने राष्ट्रव्यापी रुपमा भएको रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । साथै उक्त कार्यक्रमबाट १०६० पिन रगत संकलन भएको छ ।

कम्पनीले कार्तिक २१ गते बागमती प्रदेश उपत्यका बाहिर नौबिसे र चनौलीमा, गण्डकी प्रदेशको कावासोतीमा, कोशी प्रदेशको विराटनगर, इटहरी र विर्तामोडमा उक्त कार्यक्रम गरेको थियो ।

Prabhu
Crest

त्यसैगरी कार्तिक २२ गते बागमती प्रदेश उपत्यका बाहिर धादिंग, टाँडी र हेटौडा, बागमती प्रदेश उपत्यका भित्र भक्तपुर र गोंगबुमा, सुदूरपश्चिम प्रदेशको धनगढीमा, लुम्बिनी प्रदेशको दाङ र बुटवलमा, र गण्डकी प्रदेशको पोखरामा रक्तदान कार्यक्रम गरेको थियो ।

त्यस्तै, कार्तिक २३ गते बागमती प्रदेश उपत्यका बाहिर नारायणगढ़ र नुवाकोटमा, बागमती प्रदेश उपत्यका भित्र काठ्माण्डौको केन्द्रिय कार्यालय र लुभुमा, कर्णाली प्रदेशको सुर्खेतमा, मधेश प्रदेशको लहानमा रक्तदान कार्यक्रम गरेको थियो ।

रक्तदान कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटीले रक्तदान कार्यक्रम आयोजना गरेको कदर स्वरुप प्रसंसा पत्र प्रदान गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS