IME Life New

आइजिआई प्रुडेन्सियलद्वारा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणबाट कम्पनीलाई कृषि तथा पशुपन्छी बीमाको लागि तोकिएको तनहुँ जिल्लाको देवघाट गाउँपालिकामा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशव दाहाल, देवघाट गाउँपालिका प्रमुख तिलक बहादुर थापा, देवघाट गाउँपालिका वडा नं ५ का अध्यक्ष पूर्ण बहादुर कुँवर लगायतको उपस्थितीमा कार्तिक २० देखि २२ गते सम्म उक्त तालिम संचालन गरेको हो ।

कम्नीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा यस कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि,पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको हो । उक्त तालिममा तनहुँ लगायत विभिन्न जिल्लाहरुबाट ३३ जनाको सहभागिता रहेको थियो ।

Esewa
Crest

उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

यस तालिम बाट उक्त क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम कृषि तथा पशुपन्छी बीमा गर्नका लागि ग्राहक महानुभावहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS