IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितले बुद्धमाई अस्पतालको सेवामा आकर्षक छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र बुद्धमाई अस्पतालबीच सम्झौता भएको छ । कम्पनी र अस्पतालबीच कार्तिक २१ गते नगद रहित स्वस्थ्य बीमा कार्यक्रम सञ्चालन सम्झैता सम्पन्न भएको हो । कम्पनीले आफूले प्रदान गर्दै आइरहेको नगद रहित (क्यासलेस) मेडिकल सुविधा अझ प्रभावकारी बनाउन आफ्नो क्यासलेस अस्पतालहरुको सञ्जाल विस्तार गर्नेक्रममा काठमाडौं माहानगरपालिका, काठमाडौं बिजनेसपार्क टेकुमा अबस्थित अत्याधिक सुविधा सम्पन्न बुद्धमाई अस्पतालसगं सहकार्य गर्न आपसि सम्झौता गरेको हो ।

कम्पनीको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ र अस्पतालको तर्फबाट अस्पतालको अध्यक्ष प्रा. डा. दीपक राज सिहंले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त कार्यक्रममा बीमा कम्पनीको तर्फबाट डा. दिवेश बास्तोला र अस्पतालको तर्फबाट लक्ष्मण भण्डारी र राजेश तण्डूकारको पनि उपस्थिति रहेका थिए ।

Esewa
Crest

अस्पतालले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमितहरुको लागि आफ्नो सम्पूर्ण सेवाहरुमा १० प्रतिशत र जेष्ठ नागरिक र गरिब असाहायहरुलाई २० प्रतिशत छुटको पनि व्यबस्था गरेको छ । अब उपरान्त सिद्धार्थ प्रिमियर इन्स्योरेन्स का बीमितले बुद्धमाई अस्पताल तथा अन्य अस्पताल नेटवर्कबाट स्वास्थ्य सेवालिदा नगद बोक्ने झन्झटबाट मुक्त हुने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS