IME Life New

नेपाल माइक्रो इन्स्योरेन्स शाखा बिस्तारमा आक्रामक, ३ दिनमा चार शाखा उद्घाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनिले चार दिनको अन्तरालमा थप तिन नयाँ शाखाहरु बिस्तार गरि लघु बीमा क्षेत्रमा नयाँ मिसाल कायम गर्ने जर्मको गरेको छ । बनेपा, इटहरी, बिरगंज, तथा हेटौडामा रणनैतिक तवरबाट स्थापना गरीएका यी शाखाहरुले कम्पनीको पहुंच धेरै समुदायहरु बिच पुग्ने तथा देश भरी लघु बीमाको सेवा उपलब्ध गराउन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनि सक्षम हुने कुरालाई प्रतिविम्बित गर्दछ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनिको महत्वकांक्षी बिस्तार प्रयाश प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल, नायब प्रमुख कार्यकारी अधिकृत अनिल राज गिरीका साथै कम्पनिका सक्षम ब्यबस्थापकहरु एबं कर्मचारीहरुको को अटल प्रतिबद्धताका कारण संभव भएको हो ।

Esewa
Crest

शाखा उद्धघाटन समारोहहरुमा अथितिको रुपमा विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रदेश प्रमुख, स्थानिय शाखा प्रमुखहरु तथा उद्योग ब्यबसायीहरुको उत्साहजनक उपस्थिती रहको थियो । शाखा बिस्तार गर्ने रणनैतिक दृष्टिकोणका कारण नेपाल माइक्रो इन्स्योरेन्स कम्पनिले उपलब्ध गराएको लघु बीमा सम्बन्धि फाइदाहरु धेरै वर्ग सम्म पुग्ने कुराको अपेक्षा कम्पनीले गरेको छ ।

यस निर्जिवन लघु बीमा कम्पनिको सहयोगी दुष्टिकोणका कारण लघु बीमा ब्यबसायलाई फैलाउंदै लैजान बीमा क्षेत्र भन्दा बाहिरका बित्तिय संस्थाहरु संगको सहकार्यहरु महत्वपूर्ण हुन जान्छ । साझेदारी बढाउदै स्थानिय ब्यवसायीहरुलाई बीमा सम्बन्धि कार्यहरुमा सहयोग गर्नाले पनि यस क्षेत्रको आर्थिक बिकासमा टेवा पु-याउने देखिन्छ ।

नेपालमा, नेपाल बीमा प्राधिकरण लगायतका नियामक निकायहरुले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनिको शाखा बिस्तारका प्रयासहरुलाई अनुमोदन एबं आबश्यक कार्यहरुमा समयमै सहयोग गरिदिनाले कंम्पनिको कार्य लगनसिलता लाई मात्र प्रमाणित गर्दैन बरु अन्य लघुबीमा सेवाहरु प्रदान गर्नको लागी प्रेरणा समेत प्रदान गरेको छ ।

नयाँ शाखाहरुको बिस्तारले आवश्यकता परेकाहरुका निम्ती सेवालाई थप पहुँचयोग्य र किफायती बनाउने कारण यस कम्पनिको क्षेत्र अझै बढदै जाने अपेक्षा गर्न सकिन्छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनिले देशभरी आफ्ना पाईलाहरु बिस्तार गर्ने सिलशिलामा बिशेष गरेर निम्न वर्गमा पहुंच र जोखिममा परेका समुदायहरुलाई आर्थिक सुरक्षा प्रदान गर्ने आफ्नो लक्ष्य पुरा गर्न प्रतिबद्ध रहेको छ ।

द्रुत विस्तार तथा लगनशिलताका साथ आफ्नो लक्ष्य हासिल गर्न नेपाल माइक्रो इन्स्योरेन्स कम्पनिले व्यक्ति र समुदायलाई थप सुरक्षित एवंम संमृद्ध जिवन विताउन लघु बीमा क्षेत्रमा एक आशा लाग्दो उदाहरण कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS