काठमाडौं । काठमाडौंको गोठ्ठाटारमा जन्मिएकी ‘सरीना लामिछाने विवाह गरी राजधानीको धर्मस्थली, महांकाल तारकेश्वरस्थित वडा नम्बर ६ मा पुगिन् । छोटो समयमा बीमा क्षेत्रमा उल्लेख्य प्रगति गर्न सफल एजेन्सी म्यानेजर हुन्, । जनसंख्याशास्त्र र सामाजिकमा स्नातक तहसम्मको अध्ययन पुरा गरी स्नाकोत्तर तहको अध्ययन जारी राखेकी छिन् । बीमा क्षेत्रमा काम गर्दा पनि उनले आफ्नो अध्ययनलाई भने अघि बढाइ राखिन् ।
बीमा क्षेत्रमा पाईला आरम्भ गर्दा एकपछि अर्को सफलता
बीमा क्षेत्रमा २०७८ साल पुस ९ गते उनले आफ्नो पहिलो पाईला राखेकी थिइन् । उनले सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ताको रुपमा आफ्नो बीमा क्षेत्रको यात्रा शुरु गरेको जनाएकी छिन् । अन्य कुनै पनि बीमा कम्पनीमा आफू आबद्ध नभएको र आगामी दिनमा पनि सायद अरु कम्पनीमा जाने आफ्नो कुनै लक्ष्य नरहेको लामिछानेको भनाई छ । बीमा अभिकर्ताकोे लाइसेन्स लिएर काम गरेको तीन महिनामै उनी एजेन्सी म्यानेजर बन्न सफल भएकी छिन् । अहिले माथिल्लो पदमा पदोन्नती हुने लक्ष्य लिएर आफूले निरन्तर मिहिनेत गरी रहेकी छिन् । हालसम्म उनले तीन सय पचास जनाको बीमा गराईसकेकी छिन् ।
अन्य पेशा व्यवसाय जस्तै बीमा क्षेत्रमा पनि धेरै अवसरहरु रहेको उनको अनुभव छ । विदेशमा पैसाको रुख नै हुने जसरी विदेशिनुभन्दा स्वदेशमै श्रम गर्नुपर्छ भन्ने उनलाई लाग्छ । विदेशमा पनि रुखबाट पैसा टिपिने नभएकाले उनले नेपालमा पनि परिश्रम गरेर आर्जन् गर्न सकिने अपार संभावना रहेको भन्दै अरुलाई हौंसला दिन्छिन् ।
शिक्षण पेशा छाडेर बीमामा
बीमा क्षेत्रमा आबद्ध हुनु अघि लामिछाने शिक्षण पेशामा थिईन् । अध्यापनका क्रममा उनको घाँटीमा एक्कासी संक्रमण देखिन पुग्यो । घाँटीमा देखिएको संक्रमणले उनलाई अध्यापन पेशाबाट विमूख बनायो । लामो समय उनी बेरोजगार भएर बसिन् । त्यसपछि उनले बीमा क्षेत्रमा आफू आबद्ध भएको सुनाईन् । लामिछानेले कोही पनि बाहिर जाने वा अन्य पेशा गर्छु भन्ने तयारी गरिरहेको छ भने आफ्नो घर परीवारलाई पनि समय दिएर कमाई गर्न सकिने बीमा एजेन्सी पेशामा आबद्ध हुन पनि उनले सुझाव दिएकी छिन् । बीमा पेशामा मनग्ये कमाई हुने र लगानी नै गर्नु नपर्ने पक्ष चाहिँ उनलाई निकै सुन्दर लाग्ने गर्छ । साथै, यस्तो सुविधा बीमा एजेन्सी पेशामा मात्रै रहेकाले हामीले त्यसको लाभ लिनु पर्ने उनको सल्लाह छ । उनले सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो पेशामा जति धेरै समय दिन सकियो त्यति धेरै सफता पनि मिल्दै जान्छ ।
एक पटक ठूलै विवाद आएपनि छाडिनन् बीमा
कुन व्यवसायमा के कस्ता जोखिम छन् ? भन्ने कुरा कसैले देखेको हुँदैन । जोखिमबाट पर भाग्नु भन्दा पनि त्यससँग डटेर सामाना गर्नुपर्छ भन्ने एजेन्सी म्यानेजर लामिछानेलाई लाग्छ । उनको व्यक्तिगत जीवनमा पनि योसँग जोडिएको एउटा प्रसङ छ । बीमा पेशालाई अगाल्दै गर्दा बीमाप्रति आफ्नो श्रीमान् र परिवारहरु निकै नकारात्मक थिए तर पछि श्रीमान र परिवारले बीमा बुझेपछि मलाई निकै सहज भयो घर परिवारको साथ पाएर आज म यहाँसम्म आइपुग्न सफल भए उनले भनिन् । अहिले भने आफ्नो घर परिवार र श्रीमान् निकै सकारात्मक हुनुहुन्छ । परिवारकै साथले गर्दा म अएमडिआरटी बन्न सफल भए । बीमा कै कारण श्रीमानलाई लिएर सिंगापुर र मलेसिया भिजिटको लागि समेत पुग्न सफल भए । राम्रो दिन आउनलाई नराम्रो दिनको सामाना गर्नुपर्ने उनको भनाई छ ।
बीमितको घरमा घटेको अविष्मरणीय घटना
त्यस्तै उनीसँग जोडिएको अविष्मरणीय घटना फुटुङ भन्ने ठाउँमा घटेको थियो । लामिछानेले एकदिन बीमाको बारेमा केही मानिसहरुलाई जानकारी दिएकी थिईन् । एक महिलाको श्रीमान्ले बीमाबारे बुझेपछि उनले बीमा गर्न घरमा नै बोलाएका थिए । त्यसरी उनी बीमा गर्ने क्रममा ती पुरुषको घरमा जाँदा उनकी श्रीमतिले बीमा गर्नु आवश्यक छैन भन्दै हात हालाहालको स्थितिमा समेत पुगेको उनीसँग तितो अनुभव छ । उनले आफ्नो कठालोमा समातेर घरबाट निस्कन ति महिलाले गरेको नमिठो दुव्र्यवहार सम्झिँदा बीमाबारे ज्ञान कमी भएकाले यस्तो भएको हुनसक्छ भन्ने महशुस गर्ने गरेकी थिईन् । लामिछानेले त्यस्तो अवस्थामा पनि आफू नआत्तिएको बताईन् । त्यसको भोलिपल्ट ति पुरुषले बालाजुमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सको शाखामा पुगेर पाँच लाख रुपैयाँ बराबरको बीमा गराएका थिए । उनले त्यसलाई पनि आफ्नो शहनशीलताले दिएको सफलता नै मानेकी छिन् ।
पछि घटनाक्रम यस्तो भयो कि ती बीमा नगरौं भन्ने महिलाकी श्रीमान् (बीमित ) लाई क्यान्सर रोगले सताएको रहेछ । आफ्नो श्रीमान् बिरामी भएपछि ति महिलाले बीमा गराएकी अभिकर्ता उनै लामिछानेलार्ई नै हत्तपत्त फोन गरेर घरैमा बोलाईन् । उनले त्यति बेलामा घरमा बोलाएर धन्यवाद दिएको क्षण उनलाई निकै स्मरणीय बन्न पुगेको छ ।
छोटो समयमा प्रगती हाँसिल
सिटिजन लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर लामिछानेले बीमामा प्रवेश गरेको छोटो समयमा नै ठूला प्रगतिहरु हासिल गर्न सफल भएकी छिन् । उनले सन् २०२२ मा एमडीआरटीको उपाधि पाउन सफल भएकी थिइन् । बीमा क्षेत्रमा उत्कृष्ट व्यवसाय आर्जन गरेर अब्बल कार्य क्षमता प्रदर्शन गरेका केही अभिकर्ताहरुले मात्रै सो सुनौलो अवसर पाउँछन् । उनले एमडीआरटीसँगसँगै गोल्ड क्लब र डाईमण्ड क्लब समेत प्राप्त गर्न सफल भएकी छिन् । लामिछानेले एकै पटक जो कोहीले सफलता हाँसिल गर्ने नभई एकपछि अर्को गरेर सफलताको शिखर चढ्ने बताएकी छिन् ।
जीवनशैलीमा ठूलो परिवर्तन्
उनले बीमा अभिकर्ता पेशामा लागेपछि यसले मानिसको आनिबानी र जीवनशैलीमा समेत ठूलो परिवर्तन ल्याउन अनुभव सुनाइन् । जीवनशैलीमा स्तरोन्नती हुनुको एक मात्रै कारण भनेको आर्थिक आर्जन हो भन्ने उनलाई लाग्छ । लामिछानेले बीमा क्षेत्रमा आर्थिक आय आर्जनको साथै जनसम्पर्क बढउने, नयाँ ठाउँको अवलोकन गर्न पाउने तथा कुनै पनि व्यक्तिको आत्मविश्वास र निजको व्यक्तित्व प्रष्फुटन गराउने ठाउँहरुमा बीमा अभिकर्ता पेशामा प्रशस्त रहेको बताएकी छिन् ।
बीमाको माध्यमबाट समाज सेवा
एजेन्सी म्यानेजर लामिछानेले आफू हालसम्म अन्य सामाजिक संस्थाहरु आवद्ध हुने अवसरहरु नमिले पनि बीमा क्षेत्रको माध्यमबाट नागरिकको सेवा गर्न पाउँदा उनलाई गर्व लाग्ने गरेको छ । बीमामा लाग्नु अघि उनले आफूले सामान्य जीवन बिताएको इन्स्योरेन्स खबरलाई जानकारी दिएकी छिन् ।
त्यस्तै, बीमा अभिकर्ता पेशामा आबद्ध भएसँगै उनको जीवनमा नसोचेका परिवर्तनहरु समेत आएका छन् । विगतमा थोरै रकम र आफ्ना घर खर्च टार्न समेत उनले श्रीमानकै भर पर्नुपर्ने अवस्था थियो । अहिले उनलाई आफ्ना व्यक्तिगत, घरायसी र अन्य गर्जो आफ्नै कमाईले पनि पुरा गर्न सक्ने भएकी छिन् । साथीभाईहरुसँग घुम्न, खान र बजारमा आएका नयाँ महङ्गा पहिरनहरु लगाउनु पनि उनको लागि सामान्य बनिसकेको अवस्था छ ।
बीमा क्षेत्रमा काम गरेपछि अहिले कसैसँग विगतको जस्तो दुईचार पैसा ल्याउनु भनेर माग्नु नपर्दा पनि यो बीमाले दिएको एउटा ठूलो सबल पक्ष हो भन्ने उनी आफैलाई महशुस हुन्छ । उनले पैसाले कसैलाई पनि नपुग्ने भए पनि अहिले बीमा अभिकर्ताबाट हुने कमाई भने मनग्ये नै रहेको छ ।
मानिसहरुले हेर्ने दृष्टिकोण बदलिएको छ
मानिसहरुले आफूलाई हेर्ने दृष्टिकोणमा आकाश जमिनको फेरबदल आएको एजेन्सी म्यानेजर लामिछानेलाई प्रत्यक्ष महशुस भएको छ । हिजो आफूलाई देख्दा भन्दा आज नजिकिनेहरुको संख्या बढेको र नसोचेका सम्मानहरु पाउँदा उनलाई बीमा पेशाले व्यक्तित्व विकास गरेको उनले बताएकी छिन् । त्यस्तै, मानिसहरुले आफूहरुलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको भन्दै उनले बीमा क्षेत्र प्रति आफू निकै आभारी रहेको बताएकी छिन् । साथै, बीमा क्षेत्रमा लाग्ने अधिकांश एजेन्सीहरुको जीवनमा यस्तै परिवर्तन आउने भएकाले पनि एजेन्सी म्यानेजर लामिछानेले यूवाहरुलाई निर्धक्क रुपमा एजेन्सी पेशामा आबद्ध हुन पनि सुझाउँछिन्।